रविको प्रशंसा गर्दै स्वर्णिमले भने–उपप्रधानमन्त्री भन्दा स्वाद आइरहेको छ


१० चैत्र २०८०, शनिबार
swarnim wagle 1
फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एंव प्रतिनिधिसभा सांसद डा. स्वर्णिम वाग्लेले रवि लामिछानेको नाम उच्चारण गर्दा स्वाद आएको बताएका छन् । आज पार्टीले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा रवि लामिछानेको नाम उच्चारण गर्दा आफूलाई स्वाद आइरहेको बताएका हुन् ।

रास्वपाले आज (शनिबार) ‘वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक विशेष सम्बोधन’ कार्यक्रम राखेको थियो । काठमाडौँको कालिमाटी ब्यान्क्वेटमा आयोजित कार्यक्रममा तीन वक्ताको सम्बोधन थियो । गृहमन्त्री समेत रहेका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले र संसदीय दलका उपनेता एवमं खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ सम्बोधनका वक्ता छन् । सुरुमा पार्टी महामन्त्री डा. मुकुल ढकालले कार्यक्रम उद्घाटन गरे । उनले लामो सम्बोधन नगरी खेलकुदमन्त्री श्रेष्ठलाई बोल्न समय दिए ।

सम्बोधनको अन्तिममा मन्त्री श्रेष्ठले कार्यक्रममा कोही प्रस्तोता नभएको भन्दै अर्का वक्ता उपसभापति वाग्लेलाई बोल्न आग्रह गरे । विशेष सम्बोधनका लागि स्टेजमा पुगेका वाग्लेले सुरुमै सभापति लामिछानेको प्रशंसा गर्न गरे । सम्बोधन सुरु गर्दैगर्दा उनले पार्टीका सभापति लामिछानेलाई उपप्रधानमन्त्री भन्दा पनि स्वाद आएको टिप्पणी गरे । ‘हाम्रो पार्टीका आदरणीय सभापति ज्यू, मेरा मित्र एवं नेपाल राष्ट्रकै माननीय उपप्रधानमन्त्री ज्यू । यो भन्दा पनि कस्तो स्वाद आइरहेको छ,’ उनले सम्बोधनको क्रममा भने । सरकारमा सहभागी हुन पर्नुका कारण उल्लेख गर्दै कामको सुरुवात पार्टीले गरेको उनले बताए ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले जनतालाई अझै केही आशा बाँकी छ भन्ने सन्देश दिनका लागि पार्टी सरकारमा सहभागी भएको बताएका छन् । उनले मिसन ०८४ मा जनतासामु जानका लागि अहिले ट्रेलर मात्रै सार्वजनिक भएको बताए । अहिले आम नागरिकले डेलिभरी खोजेको छ । हामी ८४ मा सरकारमा जाँदा के गर्ने भन्ने यो ट्रेलर मात्रै हो, फिल्म आउन बाँकी छ,’ मन्त्री श्रेष्ठले भने, ‘जनतालाई कहीँ न कहीँ आशा छ भन्ने पनि स्पष्ट पार्नै पर्नेछ ।’

अहिले एउटा सरकारमा मात्रै रास्वपा सहभागी भएको भन्दै ८४ को निर्वाचनपछि देशभरका कम्तिमा ४ सय वटा सरकारमा रास्वपा हुनुपर्ने उनले बताए । ‘कम्तिमा ४ सय वटा सरकारमा रास्वपा हुनुपर्छ भन्ने सन्देश दिन चाहन्छौँ,’ मन्त्री श्रेष्ठले भने । राजनीतिक नियुक्तिका कारण आफ्नो मन्त्रालयको धेरै काम बिग्रेको भन्दै अब बोलीले भन्दा पनि कामले जवाफ दिनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । खेलाडी विदेश पलायन हुन नसक्नेगरी राज्यले नियमन गर्नसक्नेगरी निष्पक्ष नियुक्ति आफ्नो मन्त्रालयबाट हुन लागेको पनि उनले बताए

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७