होली : कुन राशिलाई कुन रङ शुभ ?


११ चैत्र २०८०, आईतवार

आज होली पर्व ।
होलीको लागि पूजा सामग्री र पूजा विधि ।
नेपालमा तराई क्षेत्रमा दुई दिन तथा अन्य क्षेत्रमा आज होली मनाइन्छ।
होलीका दहनको कथाअनुसार रंगहरुको पर्व होली मनाइन्छ ।
होलीको दिन भगवान विष्णुको पूजा गर्नु निकै शुभ मानिन्छ ।
यसका लागि बिहान उठेर नुहाउने -स्नान गर्ने आदि गर्नुपर्छ ।
त्यसपछि आफ्नो प्रिय देवता र भगवान विष्णुको उचित विधिपूर्वक पूजा गर्नुहोस् ।
उनीहरूलाई अबिर, अगरबत्ती तथा अन्य फलफूलहरू चढाउनुहोस् ।
त्यसपछि आरती गर्नुहोस् र होलिका दहनको कथा पढ्नुहोस् ।
त्यसपछि घरका सदस्यहरूलाई पहिले रंग लगाउनु होस्। बुढापाकाको आशीर्वाद लिनुहोस् र सबैसँग होली खेल्नुहोस् ।

कुन राशिलाई कुन रङ शुभ ?

मेष– मेष राशिको स्वामी मंगल ग्रह हो । मेष राशिका मानिसहरुको शुभ रंग रातो हुन्छ । हाल मेष राशिमा गुरू बृहस्पति छन् भने बृहस्पतिको घरमा सुर्य बुध राहु छन् । यस अवस्थामा रातो, पहेलो, वैजनी रंग राम्रो हुनेछ । रातो रंग प्रेम र ऊर्जा को प्रतीक हो। मेष राशिका व्यक्तिहरुका लागि यो रंग शुभ रहनेछ । यस्तो अवस्थामा यो रंगको साथ होली खेल्नु तपाईंको लागि राम्रो हुनेछ ।

वृष– यस राशिको स्वामी शुक्र हो, त्यसैले यो राशिको लागि शुभ रंग सेतो हुनेछ । शुक्र हाल मंगल र शनीको साथमा कुम्भ राशिमा छन् । यस राशिलाई कालो र हल्का नीलोको साथमा आज रातो रंग पनि लागि राम्रो साबित हुनेछ । सेतो रंगले यस राशिका व्यक्तिहरूलाई सुख शान्ति प्रदान गर्नेछ ।

मिथुन– यस राशिको स्वामी बुध ग्रह हो, त्यसैले यस राशिका व्यक्तिहरुका लागि हरियो रंग धेरै भाग्यशाली साबित हुनेछ । यस राशिका स्वामी बुध हाल बृहस्पतिको घरमा सुर्य र राहुको साथमा छन् । हरियोको साथमा पहेलो र रातो पनि यस राशिलाई शुभ छ । हरियो रंगले तपाईमा सकारात्मक प्रभाव पार्छ । मिथुन राशिका लागि यो रंग शुभ मानिन्छ ।

कर्कट– कर्कट राशिको स्वामी चन्द्रमा हो । चन्द्रमाले मन र भावनालाई नियन्त्रण गर्ने काम गर्छ, त्यसैले यस राशिको शुभ रंग सेतो हो । हाल चन्द्रमा केतुको साथमा बुधको घरमा छन् । सेतो तथा हरियो रंगको साथ होली खेल्नु तपाईंको लागि धेरै लाभदायक हुनेछ ।

सिंह– यस राशिको स्वामी सूर्य हो । यो ग्रहलाई सफलताको प्रतीक मानिन्छ । यस राशिका मानिसका लागि शुभ रंग गाढा रातो, सुन्तला, पहेँलो र सुनौलो हुन् । हाल सुर्य बुध र राहुको साथमा वृहस्पतिको घरमा छन् । यस्तो अवस्थामा होलीको दिन रातो, सुन्तला, पहेँलो र सुनौलो तथा हरियो रङहरू प्रयोग गर्नुहोस्, यसले तपाईंलाई मानसिक आनन्द प्रदान गर्नेछ ।

कन्या– कन्या राशिको शुभ रंग गाढा हरियो हो । यस राशिमा चन्द्र र केतु छन् । यसका स्वामी बुध हाल बृहस्पतिको घरमा सुर्य र राहुको साथमा छन् । सेतो पनि यस राशिलाई शुभ छ । हरियो रंगलाई सुख र समृद्धिको प्रतीक मानिन्छ । यसका साथै निलो रंग पनि यस्ता व्यक्तिका लागि राम्रो मानिन्छ । यस्तो अवस्थामा हरियो र निलो दुवै रंगमा होली खेल्न सकिन्छ ।

तुला– यस राशिको स्वामी शुक्र हो, त्यसैले यस राशिका लागि शुभ रंग सेतो र हल्का पहेँलो हुन्छ । शुक्र हाल मंगल र शनीको साथमा कुम्भ राशिमा छन् । यस्तो अवस्थामा तुला राशिका व्यक्तिले पहेँलो, तथा निलो रंगले होली खेल्नु राम्रो हुन्छ ।

वृश्चिक– यस राशिको स्वामी मंगल ग्रह हो, त्यसैले यस राशिका मानिसका लागि रातो र मरुन रंग निकै शुभ मानिन्छ । यो शुभ रंगको प्रयोग वृश्चिक राशिका लागि निकै लाभदायक साबित हुन्छ । यस रंगको प्रयोगले हरेक कठिन परिस्थितिबाट बाहिर आउन मद्दत गर्दछ ।

धनु– यस राशिको स्वामी बृहस्पति हो। बृहस्पतिको शुभ रंग पहेंलो हो । हाल बृहस्पतिको अर्को घर मिन राशिमा सुर्य, बुध र राहु छन् । यो राशिका व्यक्तिहरूले होली खेल्दा पहेंलो रंगको बढि प्रयोग गर्नुपर्छ । यसबाट धनु राशिका व्यक्तिहरूलाई फाइदा हुनेछ र उनीहरूले आफ्नो मनमा सुख र शान्तिको अनुभूति गर्नेछन् ।

मकर – यस राशिको स्वामी शनि हो। शनि ग्रहको स्वामी भएकाले यस राशिको शुभ रंग कालो वा गाढा नीलो हो । मकर राशिका मानिसका लागि मरुन रंग पनि राम्रो मानिन्छ । यस्तो अवस्थामा यसको प्रयोगले तपाई हरेक नकारात्मक उर्जाबाट टाढा रहन सक्नुहुन्छ ।
कुम्भ – यस राशिको स्वामी शनि हो, त्यसैले यस राशिको शुभ रंग कालो वा गाढा नीलो पनि मानिन्छ । कुम्भ राशिका व्यक्तिहरुका लागि यी रंगहरुको प्रयोग गर्नु लाभदायक हुनेछ । यस राशिका स्वामी शनी हाल शुक्र र मंगल साथमा आफ्नै घर कुम्भ राशिमा छन् ।

मीन– यस राशिको स्वामी बृहस्पति हो । बृहस्पतिको शुभ रङ्ग पहेँलो हुने भएकाले मीन राशिका मानिसहरुका लागि पहेँलो रंग निकै लाभदायक हुन्छ । यो रंगले तपाईको जीवनमा शुभ ल्याउँछ र तपाईलाई हरेक प्रकारको समस्याबाट टाढा राख्छ । हाल बृहस्पतिको अर्को घर मिन राशिमा सूर्य, बुध र राहु छन् ।

रंगीन पर्व होलीलाई रमाईलो साथ मनाउनुहोला । सबैलाई शुभकामना ।
ज्योतिष–जनक खड्का (ज्योतिष परामर्श केन्द्रको सञ्चालक हुन् ।)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७