सुनकाण्डबारे गृहमन्त्रीले भने, ‘केहि दिन पख्नुस् ठूला माछा पनि पर्छन्’


२३ जेष्ठ २०७५, बुधबार
0 Shares
thapa

काठमाडौं, २३ जेठ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सुन तस्करी काण्डमा अनुसन्धान जारी रहेकाले यसलाई निष्कर्षमा पुर्‍याएर मात्र छाड्ने दावी गरेका छन् । thapa

गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘माछा मार्ने काम जारी छ । यसमा अनुसन्धान जारी छ । अहिले भुरा र मझौला माछाहरु परेका छन् । आशा गरौं ठूला माछा पनि पर्नेछ, पर्नुपर्छ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले ३३ किलो सुनकाण्डमा थप एक जना पक्राउ परेको स्मरण गराउँदै भने, ‘तपाईहरुले थाहा पाउनु भयो होला, हिजो एक जना माछा फेरि परेको छ । त्यसैले माछा मार्ने काम जारी छ । यो बारेमा अहिले यत्ति नै भनौं ।’ चुँडामणि उप्रेती गोरेको बयानका आधारमा अनुसन्धान गर्दै जाँदा गोरेका सहयोगी भनिएका रामकुमार तिवारी हिजो पक्राउ परेका हुन् । प्रहरीले तिवारीलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । काभ्रे घर भएका तिवारीलाई दक्षिण कोरियाबाट फर्किदै गर्दा पक्राउ गरिएको हो ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७