तस्वीरमा यस्तो देखियो एमाले नेताहरुको होली


११ चैत्र २०८०, आईतवार
1 6

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) को सचिवालय बैठकमा होली मनाइएको छ । आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकपछि नेताहरूले एकअर्कालाई रंग दलेर होली मनाएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबैलाई रंग लगाइ दिएका थिए ।

यस्तै, बैठकमा पार्टी सचिव लेखराज भट्टको जन्मदिनको अवसरमा पार्टी अध्यक्ष ओलीसहित नेताहरूले शुभकामना समेत दिएका थिए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष, ईश्वर पोखरेल, उपाध्यक्ष, अष्टलक्ष्मी शाक्य र सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शंकर पोखरेललगायतका पार्टी पदाधिकारीले एकअर्कामा रङ दलेका हुन् । आजको बैठकमा समसामयिक राजनीतिक, आसन्न राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

2 6
3 2
4
5
6
7
8
9
10
11
12

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७