पुनर्निर्माणको खर्च पारदर्शी हुनुपर्छ : अर्थमन्त्री खतिवडा


२३ जेष्ठ २०७५, बुधबार
0 Shares
dr. youraj khatiwada

काठमाडौं, २३ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले दाताबाट ऋण लिएर भूकम्पपीडितलाई निजी आवास पुनर्निर्माणका लागि अनुदान दिइएकाले पारदर्शी रुपमा खर्च हुनुपर्ने बताएका छन् । dr. youraj khatiwada

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज यहाँ आयोजना गरेको काठमाडौंको निजी आवास पुनर्निर्माणमा भइरहेको ढिलाइका विषयमा नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँगको गोष्ठी उद्घाटन गर्दै उनले सरकारले पहिलो प्राथमिकता निजी आवास पुनर्निर्माणलाई दिएको बताए । ‘दाताबाट ऋण लिएर पीडितलाई अनुदानका रुपमा बाँडी लोक कल्याणकारी राज्यको काम गरिएको छ, घर भत्केपछि भूकम्पपीडितले आफ्नो दायित्व शून्यमा झार्नु हुन्न, सरकारले अनुदानलगायत सहयोग गरेकाले पुनर्निर्माणमा घरधनीले नै अग्रसरता लिनु जरुरी छ, घर तयार पार्ने जिम्मेवारी पीडितकै हो’, उनले भने ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सरकारले एक दशक अघिदेखि शुरु गरेको जनता आवास कार्यक्रममा एक लाख घर बनाउने लक्ष्य राख्दा एक हजार घर बनेका उदाहरण प्रस्तुत गर्दै मन्त्री खतिवडाले पुनर्निर्माणका क्रममा आइपरेका समस्या समाधान गर्न प्राधिकरण तयार रहेको बताए ।
पुनर्निर्माणका लागि दिने भनिएको सहुलियत दरको ऋणको प्रक्रिया सहज बनाउन नेपाल राष्ट्र बैंक र प्राधिकरणले मापदण्ड बनाउनुपर्ने उनले बताए । उपत्यकाको पुनर्निर्माणमा काठको समेत समस्या रहेको गुनासो आएकाले समाधान हुनुपर्ने मन्त्री खतिवडाको भनाइ थियो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले उपत्यकामा एक लाख दुई हजार घर बन्नुपर्नेमा १० हजार पुनर्निर्माण भइसकेका र २५ हजार बन्न शुरु भएको तथ्यांक प्रस्तुत गरेका छन् ।

‘उपत्यकामा १५ हजारले सम्झौता गर्न बाँकी छ, पुनर्निर्माणमा जग्गा स्वामित्व, निर्माण सामग्रीको अभाव जस्ता समस्या छन्, समस्या समाधानका लागि जनप्रतिनिधिको सुझाव लिन कार्यक्रम आयोजना गरिएको हो’, उनले भने । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भूकम्पले क्षतिग्रस्त मालपोत कार्यालय छिटो पुनर्निर्माण नगर्दा जग्गाको श्रेस्तालगायत कागजात नष्ट हुनसक्ने समस्या देखिएको बताए ।

jagdamba.cement
rbbbb

जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दरराज वैद्यले लाभग्राहीले अनुदान पाउने लामो प्रक्रिया, नगरपालिकाका इञ्जिनियरले जाँच गरिसकेपछि प्राधिकरणबाट खटिएकाले दोहो¥याएर जाँच गर्ने झण्झटिलो प्रक्रिया रहेकाले सहज बनाइनुपर्ने बताए ।
सो अवसरमा प्राधिकराणका प्रवक्ता कृष्णप्रसाद दवाडी, सहप्रवक्ता मनोहर घिमिरेले हालसम्म भएको पुनर्निर्माणको प्रगति विवरण प्रस्तुत गर्दै एक लाख ६१ हजार घर बनेको तथ्यांक पेश गरेका थिए । कागेश्वरी मनोहरा र दक्षिणकाली नगरपालिकाका प्रमुख क्रमशः कृष्णहरि थापा र मोहन बस्नेतले वास्तविक भूकम्पपीडित अझै लाभग्राही सूचीमा सूचीकृत हुननसकेको बताए । सरकारले आगामी आर्थिक वर्षमा पुनर्निर्मााणका लागि एक खर्ब ५१ अर्ब बजेट विनियोजन गरी निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको सो अवसरमा जानकारी गराइयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७