संसदीय समितिले गृहसचिव, आईजीपी र सीआईबी प्रमुखलाई छलफलका लागि बोलायो


१२ चैत्र २०८०, सोमबार
ramhari

काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख एआईजी श्याम ज्ञवालीलाई छलफलका लागि बोलाएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बुधबारको बैठकमा उनीहरुलाई बोलाइएको जानकारी दिएका छन् । गृहसचिव अर्याल, आईजीपी कुँवर र एआईजी ज्ञवालीलाई समसामयिक विषयमा छलफल गर्न बोलाइएको समिति सभापति खतिवडाले जानकारी दिए । समितिमा सूर्यदर्शन सहकारी ठगी गर्नेविरुद्ध उजुरु परेको छ । उक्त ठगीमा गृहमन्त्री रवि लामिछानेको पनि संलग्नता रहेको नेपाली कांग्रेसले आरोप लगाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७