‘सांसदले फाइल बोकेर कोठा–कोठा धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ’


२३ जेष्ठ २०७५, बुधबार
0 Shares
Ganesh timilsina

काठमाडौैं, २३ जेठ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनताका कामका लागि सांसदहरु फाइल बोकेर मन्त्रालयको कोठा–कोठा धाउनुपर्ने पद्दतीको अन्त्य हुनुपर्ने  बताएका छन् । Ganesh timilsina

संघीय संसद्का सांसदलाई कानून तर्जुमालगायत विषयमा संसदीय प्रक्रियाकाबारे जानकारी दिन बुधबार संसद भवन वानेश्वरमा आयोजित अभिमुखीकरण कार्यक्रममा उद्घाटनमा बोल्दै उनले सांसदलाई कानुन निमार्णमा सक्रिय बनाउन जनताका अन्य कामलाई सरकारले सहजिकरण गरिदिनुपर्ने बताएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘सदनको बैठकमा कुर्सी खाली रहने अवस्थाले जनताप्रति सांसद उत्तरदायी बन्न आवश्यक छ, भन्ने देखाएको छ,’ उनले भने, ‘जनप्रतिनिधिले बैठक छाडी जनताका कामका लागि फाइल बोकेर मन्त्रालयका कोठा र भ¥याङ धाउनुपर्ने अवस्था सरकारले अन्त्य गरोस् ।’

उनले जनताको काम बोकेर आउने सांसदको काम एकै ठाउँबाट हुन सकेमा सुशासनको नमुना त्यही हुने बताए । अध्यक्ष तिमिल्सिनाले संविधानअनुसार धेरै कानुन बन्न बाँकी रहेको बताउँदै कानूनको मस्यौदा समयमा तयार नपारेर संसद र सांसदले अपजस खानुपर्ने अवस्था आउन नदिन सरकारसँग आग्रह गरे ।

jagdamba.cement
rbbbb

त्यसैगरी सदन नचलेको समयमा चाहिएका पुस्तक पढ्न पाउने सुबिधा भएकाले सिंहदरबारस्थित संसद् सचिवालयको पुस्तकालको सदुपयोग गर्न अध्यक्ष तिमिल्सिनाले सांसदहरुलाई सुझाव दिए ।

संघीय संसद भवन नयाँ बानेश्वरमा चल्ने दुई दिने अभिमुखीकरणमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको सहभागिता रहेको छ ।
अभिमुखीकरणमा संविधान निर्माण, संघीय संसद् र संसदीय अभ्यास, संघीय संसद सचिवालयको आधारभूत जानकारी, कानून तर्जूमा, बजेट निर्माण र वित्तीय अनुगमनमा संसद्को भूमिका, संसद् र नागरिकबीचको सम्बन्ध, संघीय संसदीय प्रक्रिया र सचिवालयको भूमिका, कानून निर्माणलगायतका विषयमा प्रस्तुति हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७