महासंघ अध्यक्ष ढकाल र कतारका राजदूतबीच भेट


१३ चैत्र २०८०, मंगलवार
chandra

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारका राजदूतसँग भेटबार्ता भएको छ । ढकालले सोमबार नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग भेटवार्ता गरेका हुन् । सो भेटमा ढकालले नेपालमा लगानी प्रवर्द्धन गर्नका लागि कतारका राजदूतसँग आग्रह गरेका हुन् ।

दुई देशबीच आर्थिक सहयोग अभिवृद्धि र व्यापार साझेदारीलाई बढावा दिने विषयमा भेटवार्ता केन्द्रित थियो । उक्त अवसरमा महासंघका अध्यक्ष ढकालले नेपालमा थप लगानी गर्नुपर्नेमा जोड दिए । उनीहरूबीच महासंघ र कतार चेम्बरको एक संयुक्त व्यापार परिषद् स्थापना गर्ने योजनामा छलफल पनि भएको छ ।

संयुक्त व्यापार परिषद्ले नेपाल र कतारबीचको सहकार्य र सूचना आदानप्रदानलाई सहज बनाउने अपेक्षा गरिएको छ । राजदूत अन्सारीले द्विपक्षीय लगानी सम्झौताले लगानी संरक्षण, व्यापार प्रवर्द्धन र आर्थिक सहयोगलाई प्रोत्साहन गर्ने ढाँचा उपलब्ध गराउने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७