उपसचिव ताराप्रसाद सापकोटाविरुद्ध ८४ लाखको भ्रष्टाचार मुद्दा


१३ चैत्र २०८०, मंगलवार
sapkota

काठमाडौँ । विशेष अदालत काठमाडौँमा विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत बनाइएका उपसचिव ताराप्रसाद सापकोटासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सापकोटा, भन्सार अधिकृत नवकुल शर्मा समान आयात गर्ने देव इन्टरनेशनल प्रालिका सञ्चालक शेरवहादुर वस्नेत र भन्सार एजेण्टको प्रतिनिधि सरन कुमार खरेलविरुद्ध मुद्दा दायर गरको हो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुुसार प्रमुख सापकोटाको मिलोमतोमा चीनबाट आयत भएको सामानको प्रज्ञापन पत्र नंः ७२६ मिति २०७९।०९।२० मा दर्ता गरेपछि सिस्टमबाटै डिलिट गरी अनिमियतता पुष्टि भएको दाबी गरेको छ ।

उक्त गैरकानुनी कार्य भएको सूचना बाहिरिएपछि २०७९ माघ १० गते नयाँ प्रज्ञापन पत्र ४०५७ दर्ता गरी गराई मिति सुरु घोषणा गरेको रकम अमेरिकी डलर ७३ हजार ४ सय ३२ मा ८६ हजार नौ सय नौ डलर मूल्य थप गरी गराई भन्सार प्रक्रिया पूरामा छिराएको आयोगको दाबी छ । उनीहरुविरुद्ध ८४ लाख ५५ हजार ६०५ रुपैयाँ बिगो कायम गरेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७