बिर्तामोड तनावग्रस्त, प्रहरीको गोलीबाट १ मृत्यु, १० घाइते


१० कार्तिक २०७४, शुक्रबार
birtamod jhapa

काठमाडौं अर्जुनधाराका ११ वर्षीय लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे छानबिन गर्न माग गर्दै निकालिएको विरोध र्‍यालीले हिंसात्मक रूप लिएको छ । प्रशासनले झापाको बिर्तामोडमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । प्रशासनले पूर्वमा बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने चोक, दक्षिणमा बिर्ताबजार र उत्तरमा महानन्दचोकसम्म अनिश्चितकालीन कर्फ्यू लगाइएको छ ।

birtamod jhapa
प्रशासनले कर्फियु जारी गरे पनि बालकको मृत्यु प्रकरणबारे छानबिन गर्न माग गर्दै निकालिएको र्‍यालीले बेवास्ता गर्दै विर्तामोडस्थित इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेको समूहमाथि प्रहरीको गोली चलाएको छ । प्रहरीले १४ राउण्ड गोली चलाएको छ । गोली लागेर १ जनाको मृत्यु भएको छ ।
प्रहरीको गोलीबाट अन्य १० जना घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ४ जनाको बिएन्डसी मेडिकल कलेजमा, ४ जनाको मेची अन्चल अस्पतालमा र २ जनाको नजिकैको नीजि अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ११ का नरेश थापा छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनमा प्रहरी र आन्दोलनकारी दुवैतर्फका मानिसहरू घाइते भएका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७