शान्ति र समृद्धि नै मूल लक्ष्य : शेरधन राई


२३ जेष्ठ २०७५, बुधबार
21 Shares
sherdhan

सुनसरी, २३ जेठ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले शान्ति र समृद्धि प्राप्ति नै अबको मूल उद्देश्य रहेकाले त्यसका लागि सबैले अझ मिहेनतपूर्वक काम गर्नुपर्नेमा जोड दिएका छन् ।

sherdhan
फाइल फोटो

डिभाइन ट्रेनिङ सेन्टर इटहरीले आज इटहरीमा आयोजना गरेको विशेष सम्मान समारोहमा बोल्दै उनले आर्थिक पारदर्शिता कायम गरी सुशासनबाट जनतालाई खुशी तुल्याउने मार्गमा आफू अहोरात्र क्रियाशील रहने प्रतिवद्धता जनाए । जनताको चाहना, भावना र आवश्यकता एवं आकांक्षा पूर्ति गर्नु नै प्रदेश वा केन्द्रीय सरकारको समेत दायित्व रहेकोतर्फ आफूहरु सचेत रहेको पनि उनले उल्लेख गरे । सो अवसरमा मुख्यमन्त्री राईसहित विभिन्न व्यक्तित्वलाई सम्मानित गरिएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सोही अवसरमा अर्का सम्मानित व्यक्तित्व विवेकशील साझा नेपाल पार्टीका संयोजक रवीन्द्र मिश्रले देशमा राजनीतिक परिवर्तन भएको झण्डै ३० वर्ष बितिसक्दा पनि असल राजनीतिक संस्कार विकास हुन नसकेको र राज्यद्वारा जनताले ढुक्क भएर विश्वास गरेर काम गर्ने वातावरण बन्न नसकेकाले यही अवस्था हो भने जनताले अर्को परिवर्तन खोजी गर्लान् भनेर सचेत रहनु पर्ने बताए ।

कार्यक्रममा अर्का सम्मानित व्यक्तित्व न्यूरो सर्जन डा यामबहादुर रोक्काले हरेक क्षेत्रले आफ्नो पेशाप्रति इमान्दार भई जनअपेक्षित विषयलाई केन्द्र भागमा राखेर काम गर्न सकियो भने मात्र जनविश्वास बढ्न सक्ने बताए । डिभाइन ट्रेनिङ सेन्टरकी प्रेमवदा श्रीमालीले उनीहरुलाई जनही ५० हजार नगदसहित सम्मानपत्रमार्फत सम्मान गरे । आफ्नो विधामा उच्चतम सफलता हासिल गर्ने व्यक्तित्वको योगदानको कदर गर्ने गरी इथियोपियाका कर्तव्यपरायण अग्रज नागरिक रोकास जिलिङ्कासको नाममा सो सम्मान स्थापना गरिएको हो ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७