विर्तामोड घटनामा दुई जनाको मृत्यु, सशस्त्र प्रहरीका एसपी घाईते


१० कार्तिक २०७४, शुक्रबार
ghaite jyan

काठमाडौं  :  झापा अर्जुनधाराका ११ वर्षीय लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे विहानदेखि बढेको प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा २ जनाको मृत्यु भएको छ। प्रदर्शनकारीले स्थानीय प्रशासनले लगाएको कर्फ्यु उल्लंघन गरेपछि भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा झापा अर्जुनधारा–११ का नरेश थापा र बिर्तामोडका देवकुमार चौधरी रहेका छन्।

ghaite jyan

यस्तै  आन्दोलनकारीको आक्रमणमा परी सशस्त्र प्रहरी बल झापाका एसपी रमेश सुवेदी घाईते भएका छन् । सशस्त्र झापाले दिएको जानकारी अनुसार आक्रमणमा परी उनको निधारमा चोट लागेको छ । आक्रमणकारीले उनलाई निधारमा नै ढुंगा प्रहार गरेका थिए ।

झापाको अर्जुनधारा नगरपालिका-११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै निकालिएको शान्तिपूर्ण विरोधलाई प्रहरीले दमन गरेको भन्दै आन्दोलन सुरु भएको हो । दशैंकै समयमा बालक हत्या भएको भएपनि प्रहरी कार्यालयले मुद्दा दर्ता गर्न नमानेपछि आक्रोशित भीडले जिल्ला ट्राफिक प्रहरी कार्यालय, मेयरको घरमा समेत तोडफोड गरेका छन् ।

गत असोज १५ गते सिवाकोटी घरबाट ६ किलोमिटर टाढा बिर्तामोड—१ बैशावाडीमा पानीमा डुबेको अवस्थामा मृत भेटिएका थिए। आफन्तले सिवाकोटीको हत्या भएको भन्दै ८ जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।

मेयरको गाडी तोडफोड
आन्दोलनकारीको समूहले बिर्तामोड नगरपालिका मेयर ध्रुव शिवाकोटीको बा.१० च ३०६१ नम्बरको निजी गाडी तोडफोड गरेका छन् । उनको घरमा समेत ढुंगामुढा प्रहार भएको छ ।
बिर्तामोड नगरपालिकाको मे १ झ. १२१ नम्बरको गाडी पनि तोडफोड भएको छ । मेयरका छोराको मे ७ प ३००० नम्बरको बुलेट बाइक समेत आन्दोलनकारीले जलाइदिएका छन् ।
यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पनि तोडफोड भएको छ । कार्यालय परिसरमा राखिएको पूर्वसांसद् प्रेम गिरीको मोटरसाइकल आन्दोलनकारीले जलाएका छन् । उनीहरूले मुक्तिचोक आसपास जडान गरिएका सीसी क्यामेरा फुटाएका छन् ।

घाईतेको तथ्यांक संकलन हुन सकेन
प्रहरीले १४ राउण्ड गोली चलाएको छ ।   प्रहरीको गोलीबाट अन्य १० जना घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ४ जनाको बिएन्डसी मेडिकल कलेजमा, ४ जनाको मेची अन्चल अस्पतालमा र २ जनाको नजिकैको नीजि अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै शस्शत्रका एसपी सहित १४ जना नेपाल प्रहरीले र एक दर्जन सशस्त्र प्रहरीपनि घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले सो बाहेक अहिले कति जना घाईते भए भन्ने विषयमा कुनै जानकारी संकलन गर्न नसकिएको जनाएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७