अजय देवगनको ‘शैतान’ अब ओटीटीमा रिलिज हुँदै


१९ चैत्र २०८०, सोमबार
shaitan

मुम्बई । आर माधवन र अजय देवगनको फिल्म शैतान मार्च ८ मा रिलिज भएको थियो । यो फिल्मले बक्स अफिसमा अझै पनि धुम मच्चाइरहेको छ । फिल्मले ३१ मार्चसम्म १३८.७७ करोड कमाएको छ । अब ओटीटीमा यो फिल्मको फ्यानहरू उत्सुकताका साथ पर्खिरहेका छन् । यस्तो अवस्थामा अब अजय देवगन र आर माधवनका फ्यानका लागि खुसीको खबर आएको छ । चलचित्रको ओटीटी रिलिज मिति सार्वजनिक भएको छ ।

सिनेमा हलमा रिलिज भएको करिब दुई महिनापछि निर्माताले ओटीटी प्लेटफर्ममा पनि फिल्म रिलिज गर्ने गरेको प्रायः देखिन्छ । यस्तो अवस्थामा शैतानको कुरा गर्ने हो भने मे महिनामा दुई महिना पूरा हुनेछ । यसैबीच, फ्री प्रेस जर्नलको रिपोर्ट अनुसार शैतान मे ३ मा ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ। अब शैतान ओटीटीमा आतंक मच्चाउन तयार छ ।

हालै यो फिल्मको डिजिटल अधिकार नेटफ्लिक्ससँग रहेको खबर आएको थियो तर यसको आधिकारिक घोषणा भने भएको छैन । यस्तो अवस्थामा फिल्म निर्माताले कहिले घोषणा गर्ने हो ? त्यो हेर्न बाँकी छ । गुजराती फिल्म ‘वाश’ सन् २०२३ मा रिलिज भएको थियो, जसको हिन्दी रिमेक ‘शैतान’ हो । यो चलचित्रलाई निर्देशक विकास बहलले निर्माण गरेका हुन् । फ्यानहरुले यसको धेरै तारिफ गरिरहेका छन् ।

फिल्मको कथाको कुरा गर्ने हो भने चलचित्रमा अभिनेत्री ज्योतिका अजय देवगनकी श्रीमतीको भूमिकामा छिन् । जहाँ आर माधवन खलनायकको भूमिकामा छन् । फिल्मको कथा एउटा परिवारको वरिपरि घुमेको छ, जसलाई एक व्यक्तिले आफ्नो अलौकिक शक्तिले बन्धक बनाएको छ । फिल्मले अहिलेसम्म १३८.७७ करोडको व्यापार गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७