नाउपाको बैठकमै रेशम र रञ्जिता पक्षबीच हात ‘हालाहाल’


१९ चैत्र २०८०, सोमबार
Resham ranjita

काठमाडौं । रेशम चौधरी र पत्नी रञ्जिता चौधरी श्रेष्ठ पारिवारिक विवादका कारण फुटको संघारमा पुगेको नागरिक उन्मुक्ति पार्टीको बैठकमै कुटाकुट भएको छ ।

अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबीच हात हालाहाल भएको स्रोतले जानकारी दिएको छ । वर्तमान नयाँ गठबन्धनमा सहभागी हुने अध्यक्ष रञ्जिता पक्ष र नहुने रेशम पक्षबीच भएको विवादले हात हालाहालको अवस्था सिर्जना भएको नाउपाका एक नेताले जानकारी दिए ।

नाउपा केन्द्रीय समिति संस्थापक सदस्यहरूको बैठकमा हात हालाहालकै अवस्था सिर्जना भएको स्थानीय प्रत्यक्षदर्शीले समेत बताएका छन् । विवादका क्रममा टीकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विकमाथि हात हालाहाल भएको स्रोतले जनायो । उनीहरू दुवै जना रञ्जिता पक्षका हुन् ।

नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि सो पार्टीमा पछिल्लो समय संस्थापक २१ जना केन्द्रीय सदस्यहरूको बैठक बस्ने गरेको छ । रेशम पक्ष सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी छ । रञ्जिता पक्ष भने त्यसको विपक्षमा छ । त्यस्तै केन्द्रमा रञ्जिता अहिलेको सत्ता गठबन्धनमा जानुपर्ने पक्षमा छिन् भने रेशम विपक्षमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७