वैदेशिक रोजगार विभागका लेखापाल निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा


१९ चैत्र २०८०, सोमबार
Akhtiyar

काठमाडौं । वैदेशिक रोजगार विभाग ताहाचाल, काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लेखापाल निरौलाविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेले धरौटी रकम फिर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको पुष्टि हुन आएकाले लेखापाल निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिए । उनीविरुद्ध १५ हजार विगो र जरिवाना माग गरिएको अख्तियारले जनाएको छ । निरौलालाई अख्तियारको टोलीले फागुन २९ गते १५ हजार घुस रकम र स्रोत नखुलेको ७१ हजार ६२० रुपैयाँसहित उनकै कार्यकक्षाबाट नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७