ज्यान मार्ने धम्की दिएको विषयमा रेशम : हल्लाको पछाडि नलागौं, पार्टी कसैको पेवा होइन

‘जसरी पनि मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरुको पछाडि हामी लाग्दैनौं’


१९ चैत्र २०८०, सोमबार
Resham Chaudhary
फाइल फोटो

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक पार्टी कसैको पेवा नभएको टिप्पणी गरेका छन् । आज (सोमबार) पार्टीको बैठकमा कुटाकुट भएको विषय सार्वजनिक भएपछि टिप्पणी गर्दै चौधरीले अनावश्यक हल्लाको पछाडि नलाग्न आग्रह गर्दै चैत्र २३ र २४ गते हुने केन्द्रीय समितिको बैठकले जे निर्णय गर्छ त्यसलाई स्वीकार्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘पार्टीको बैठकमा कसले कसलाई हातपात ग¥यो ? ज्यान मार्ने धम्की कसले दियो ? सुन्ने हेर्ने साथीहरू साक्षी छन् । जसरी पनि मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरुको पछाडि हामी लाग्दैनौं । अनावश्यक हो–हल्लाको पछि नलागौं । चैत २३ र २४ हुने केन्द्रिय समितिको बैठकले जे निर्णय गर्छ त्यही स्वीकार्ने हो । पार्टी कसैको पेवा होइन, पहिचानवादीहरुको साझा आवाज हो ।’

नाउपाको आज अनामनगरस्थित पार्टी कार्यालयमा चौधरी समर्थक केन्द्रीय सदस्यले अध्यक्ष रंजीता समर्थक केन्द्रीय सदस्यलाई कुटपिट गरेको र ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७