तेह्रथुममा दाउले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ


२० चैत्र २०८०, मंगलवार
latest News nayapage1 scaled

तेह्रथुम । श्रीमती ५४ वर्षीया सुवासकुमारी लिम्बूको हत्या गरेको अभियोगमा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ सुर्के बस्ने ४६ वर्षीय दिपक लिम्बूलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

दिपकले धारिलो हतियार दाउ प्रहार गरी श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुम र प्रहरी चौकी जिरीखिम्तीबाट खटिएको प्रहरीले उनलाई धारिलो हतियारसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७