सुदूरपश्चिमका मुख्यमन्त्री शाहले चैत २२ मा विश्वासको मत लिने, नाउपाले गर्ला समर्थन ?


२० चैत्र २०८०, मंगलवार
kamal bahadur shahi
फाइल फोटो

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पर्सी (चैत २२ गते) विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता समीकरण परिवर्तनसँगै २३ फागुनमा माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा छन् ।

मुख्यमन्त्री शाहले मंगलबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिन सूचना दर्ता गराएका हुन् । बैठक २२ गते दिउँसो ३ बजेका लागि बोलाइएको छ । सुदूरपश्चिममा सरकार निर्माणका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) निर्णायक छ ।

उसले समर्थन गरेमा शाहले विश्वासको मत पाउने छन् भने समर्थन नगरे उनको सरकार ढल्ने छ । सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८, माओवादीका सभामुखसहित ११ एमालेका १०, नाउपाका ७, नेकपा समाजवादीका ४ साथै स्वतन्त्र र राप्रपाका १-१ जना सांसद छन् ।

नयाँ सत्ता समीकरणको विषयलाई लिएर अहिले नागरिक उन्मुक्ति पार्टीमा विवाद चर्केको मात्र छैन नेताहरुबीच कुटाकुटकै अवस्था समेत सिर्जना भएको छ । नाउपा अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठ केन्द्रको नयाँ सत्ता समीकरणको पक्षमा छिन् भने उनका पति तथा पार्टी संरक्षक रेशम चौधरी मुख्यमन्त्री शाहीको सरकारका पक्षमा छन् । नाउपामा देखिएको दुई धारका कारण मुख्यमन्त्री शाहीले विश्वासको मत पाउने नपाउने विषय अन्योलपूर्ण बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७