बाबा रामदेव र आचार्य बालकृष्ण भारतको सर्वोच्च अदालतमा उपस्थित


२० चैत्र २०८०, मंगलवार
Ramdev and balkrishna

नयाँदिल्ली । योगगुरु बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्ण भारतको सर्वोच्च अदालतमा उपस्थित भएका छन् । पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनको मुद्दामा उनीहरू मंगलबार भारतीय सर्वोच्च अदालतमा हाजिर भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सर्वोच्चले उनीहरूलाई आफ्नो निर्देशनको पालना नगरे कारबाही भोग्नको लागि तयार रहन समेत भनेको छ । पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दुवैलाई चेतावनी दिएको छ । पतञ्जलीले गत महिना उक्त विषयमा माफी मागे पनि अदालतले कम्पनीको यस प्रकारको माफीबाट आफू खुसी नभएको बताएको थियो ।

अदालतले माफीको मुद्दामा असन्तुष्टि व्यक्त गरेपछि रामदेवका वकिलले रामदेव र बालकृष्ण दुवै व्यक्तिगत रूपमा माफी माग्न तयार रहेको बताएका छन् । सर्वोच्च अदालतले २७ फेब्रुअरीमा पतञ्जलिलाई विद्युतीय र छापा माध्यमबाट आफ्नो औषधिसँग सम्बन्धित सबै भ्रामक विज्ञापन तत्काल हटाउन आदेश दिएको थियो । साथै सर्वोच्चले यस मामिलामा कुनै कारबाही नगरेकोमा केन्द्र सरकारको पनि ध्यानाकर्षण गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७