कर्णालीमा सहमति नजुटेपछि एमाले नेता छलफलबाट बाहिरिए, शर्माले मुख्यमन्त्री नछाड्ने


२० चैत्र २०८०, मंगलवार
Yamlal kandel rajkumar sharma

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री निवासमा बसेको सत्ता गठबन्धनका एमाले–माओवादी नेताको बैठक बिना निष्कर्ष सकिएको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेल र पार्टी प्रदेश इञ्चार्ज लेखराज भट्ट निचोड विनै बैठकस्थलबाट बाहिरिएका छन् । सकारात्मक छलफल भए पनि टुङ्गोमा नपुगिएको एमालेका एक नेताले जानकारी दिएका छन् ।

छलफलमा माओवादीका कर्णाली इञ्चार्ज कालिबहादुर मल्ल, तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत उपस्थित थिए । कर्णालीको नेतृत्व एमालेलाई दिन केन्द्रमा सहमति भए पनि राजकुमार शर्माले मुख्यमन्त्री नछाड्ने अडान लिएका छन् ।
मुख्यमन्त्री शर्माले आज प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची छ ।

यता केन्द्रको निर्णयअनुसार प्रदेशमा सहमति नजुट्दा बैठक अनिश्चित बनेको छ । प्रदेश सभा सचिवालय प्रमुख जीवराज बुढाथोकी सचिवले संसदीय दलका नेताहरू बैठकमा व्यस्त भएकाले सदन ढिला भएको हो । ‘नियमावलीअनुसार ५ बजेभित्र बैठक बस्ने मिल्ने भएको हुँदा ढिलो हुनसक्छ’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७