समाजवाद जन्मने सडकबाटै हो, निर्णायक ढङ्गले उत्रिनुको विकल्प छैन : प्रधानमन्त्री


२० चैत्र २०८०, मंगलवार
pm

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवाद सडकबाटै जन्मने भएकाले निर्णायक ढङ्गले उत्रिनुको विकल्प नभएको बताएका छन् । समाजवादी मोर्चाले आज (मंगलबार) आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले पुँजीवादी र प्रतिक्रियावादीहरूले जित्दै गए संविधान अझ प्रतिगामी हुँदै जाने खतरा रहने दावी गरे ।

‘यो संविधान जो बनिएको छ, त्यो पूर्ण छ भनेर हामीले कहिले पनि भनेका छैनौं । यो सम्झौताकै दस्तावेज हो । यो संविधानमा थुप्रै पुँजीवादका विशेषताका छन्, थुप्रै समाजवादका विशेषता छन् । समाजवादी धारा र प्रवृत्तिका पार्टीहरूले जित्दै जाँदा संविधान समाजवादतिर अझ अग्रसर हुँदै जान्छ । पुँजीवादी र प्रतिक्रियावादीहरूले जित्दै गए भने यो संविधान अझ पुँजीवादी र प्रतिगामी हुँदै जाने खतरा पनि छ । त्यसकारण हाम्रो जिम्मेवारी पनि छ, यो संविधानलाई बढीभन्दा बढी प्रगतिशील धारातिर बढाउनका लागि हामीले आपसी एकतालाई सुदृढ गर्दै इतिहासका अनुभवबाट शिक्षा लिँदै अगाडि जान जरूरी छ,’ उनले भने ।

प्रधानमन्त्रीले जोखिम मोलेरै भए पनि देशभक्त वामपन्थीहरूलाई एक ठाउँमा ल्याउने जमर्को गरेको बताए । ‘मेरो विचारमा अन्ततः समाजवाद जन्मिने भनेको सडकबाटै हो, किनकी, जनता सडकमै हुन्छन् । पहिलो प्राथमिकता सडकले नै पाउनु पर्छ । अन्ततः सडकबाटै जन्मने हो समाजवाद, जनताले जन्माउने हो जनवाद, कोही द्विविधामा हुनु हुँदैन,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७