बागमतीमा एमालेका चार मन्त्रीले लिए शपथ


२० चैत्र २०८०, मंगलवार
bagmati mantri

काठमाडौँ । बागमती प्रदेशका नव नियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशका नव नियुक्त चार मन्त्रीलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ गराएका हुन् । सोमबार विश्वासको मत लिएका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एमालेका चार जनालाई मन्त्री नियुक्त गरेका हुन् ।

मन्त्री बन्नेमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकलाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ रहेका छन् । गत २०७९ पुस २५ मा गठित सरकारमा पठाएका तीन जना मन्त्रीलाई पुनः जिम्मेवारी दिएको हो भने एक जना पहिलो पटक मन्त्री बनेका हुन् ।

मंगलबार विहान हेटौंडामा बसेको एमाले संसदीय दलको वैठकले प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, केशव पोखरेललाई वन तथा वातावरण मन्त्रालय, एकालाल श्रेष्ठलाई खानेपानी ऊर्जा तथा सिचाँईं मन्त्रालय र रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने गरी सरकारमा सहभागी हुने निर्णय गरेको थियो ।

एमालेबाट चारजनाले सपथ लिएसँगै प्रदेशमा १२ मन्त्रालयमा एक विभागीयसहित १३ मन्क्री नियुक्त भएका छन् । मंगलबार विहानमात्र एकीकृत समाजवादीबाट एक मन्त्रीले सपथ ग्रहण गरेका थिए । उनलाई मुख्यमन्त्री जम्कट्टेलले विना विभागीय मन्त्रीका रूपमा नियुक्त गरेका थिए । एमालेबाट चैत १७ मा संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका थिए भने चैत १५ मा हाम्रो नेपाली पार्टीबाट संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा शैलेन्द्रमान बज्राचार्य नियुक्त भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७