चुनावको टिकटले कांग्रेसमा विवाद : देउवा नमानेपछि वैठक छाडेर हिंडे शेखर

‘कि जित्नेलाई टिकट दिनुस्, नत्र सबै जिम्मा आफै लिनुस्’


२० चैत्र २०८०, मंगलवार
deuwa shekhar
फाइल फोटो

काठमाडौँ । आउँदो वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभाका लागि हुन लागेको उपनिर्वाचनको उम्मेदवार छनोटको विषयलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा विवाद भएको छ ।

कांग्रेसका नेता डा. शेखर कोइरालाले जित्ने उम्मेदवारलाई टिकट दिन आग्रह गरेका छन् । इलाम २ र बझाङ प्रदेश सभाको निर्वाचनमा उम्मेदवार छान्न बसेको संसदीय बोर्डको बैठकमा शेखरले यस्तो आग्रह गरेका हुन् । उनले जित्ने उम्मेदवारलाई टिकट नदिए पार्टीले क्षति व्यहोर्ने बताए ।

बैठकमा शेखरले ‘जित्नेलाई टिकट दिनुस् होइन भने सबै जिम्मा तपाईंहरू लिनुस्’ भनेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । यति भनेर शेखर बैठकबाट बाहिरिएका थिए । शेखरसँगै केन्द्रीय सदस्य शशांक कोइराला पनि दाइको कुरामा मेरो पनि सहमति छ भन्दै निस्किएको ती नेताले बताए ।

‘पार्टीले हारेकालाई टिकट नदिने निर्णय गरेको छ । फेरि तपाईंहरू हारेकालाई टिकट दिन खोज्दै हुनुहुन्छ के गर्न खोजेको ? इलामको सवालमा सबैले भेषराजले जित्छ भन्दै छन् । तपाईं किन बुझ्नु हुन्न ? भेषराजलाई टिकट दिनु भयो भने ठीक छ होइन भने हार–जितको जिम्मा तपाईं लिनुस्,’ शेखरले बैठकमा भनेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७