कांग्रेसले गृहमन्त्रीलाई रोस्ट्रममा जान रोक्ने, आकस्मिक समयमा विश्वप्रकाश बोल्ने


२० चैत्र २०८०, मंगलवार
deuwa Rabi

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई संसदको रोस्ट्रममा जानबाट रोक्ने निर्णय गरेको छ । आज (मंगलबार) सभापति शेरबहादुर देउवाको निजी निवासमा बसेको संसदीय बोर्डको बैठकले गृहमन्त्री लामिछानेलाई संसदको रोस्ट्रममा जान रोक्ने निर्णय गरेको हो ।

‘भोलि (बुधबार) मन्त्रीको जवाफ दिने कार्यसूचीमा गृहमन्त्रीको नाम आएमा संसद अवरोध गर्ने । त्यो नआएमा संसद अघि बढ्न दिने । आकस्मिक समयमा महामन्त्री विश्वप्रकाश शर्माले बोल्ने निर्णय भयो’, कांग्रेस सहमहामन्त्री जीवन परियारले भने ।सहकारी हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता रहेकोबारे संसदीय छानबिन समितिको माग राख्दै कांग्रेसले उनलाई संसदमा रोक लगाइरहेको छ ।

यदि भोलिकै बैठकमा गृहमन्त्रीले बोल्ने कार्यसूची तय भए महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको तर्फबाट भनाइ राख्ने र संसद अवरुद्ध गर्ने मिन विश्वकर्माले जानकारी दिए । आज बसेको बैठकमा इलाम– २ को उपचुनावमा उम्मेदवार चयन गर्ने विषयमा छलफल हुन सकेन । उम्मेदवार चयन गर्न भोलि २ बजे फेरि बोर्ड बैठक डाकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७