आयरल्याण्ड वोल्भ्सविरुद्ध आज पहिलो एक दिवसीय खेल खेल्दै नेपाल


२१ चैत्र २०८०, बुधबार
can 1.jpg 13

काठमाडौँ । नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीच आज (बुधबार) देखि एक दिवसीय श्रृंखला (सिरिज) शुरु हुँदैछ । सिरिजको पहिलो खेल आज त्रिवि मैदानमा साढे ९ बजेदेखि शुरु हुँदैछ ।

यसअघि सम्पन्न टी–२० सिरिज आयरल्याण्ड वोल्भ्सले २–१ ले जितेको थियो । आयरल्याण्ड वोल्भ्सले शुरुका दुई खेल जितेको थियो भने अन्तिम खेल नेपाल ‘ए’ ले जितेको थियो । अब एक दिवसीय सिरिजको पहिलो खेल आज, दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुने ।

एक दिवसीय सिरिज खेल्ने नेपाल ‘ए’ टिम

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ सेख, बशीर अहमद, कमल सिंह ऐरी, शदाब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, बिकास आग्री र मौसम ढकाल रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७