लखनउले रोयल च्यालेन्जर्स बैंगलुरुलाई २८ रनले हरायो


२१ चैत्र २०८०, बुधबार
lakhanou beng

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लखनउ सुपर जाइन्टले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गए राति भएको खेलमा लखनउले बैंगलुरुलाई २८ रनले पराजित गरेको हो ।

लखनउले दिएको १८२ रनको लक्ष्य पछाएको बैंगलुरु १९.४ ओभरमा अलआउट हुँदै १५३ रन बनाएपछि खेल २८ रनले हारेको हो । यो आफ्नो घरेलु मैदानमा बैंगलुरुको लगातार दोस्रो हार हो ।

त्यस्तै पहिला ब्याटिङ गर्दै लखनउले २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको थियो । यो लखनउको यस सिजनमा तेस्रो खेलमा दोस्रो जित हो भने रोयल च्यालेन्जर्स बैंगलुरुले चौथो खेलमा एक जित र तेस्रो हार ब्यहोरेको छ । आईपीएल अन्तर्गत आज दिल्ली क्यापिटल्स र कोलकोता नाइट राइडर्सबीच खेल हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७