मीरा राईको सम्मानमा मुन्दुम अल्ट्रा ट्रेल रेस


२४ जेष्ठ २०७५, बिहीबार
mira

भोजपुर, २४ जेठ । विश्व अल्ट्रा धावक मीरा राईको सम्मानमा भोजपुरमा भोलि खुल्ला मुन्दुम अल्ट्रा ट्रेल रेस–२०७५’ हुने भएको छ । राईको सम्मानार्थ २५ जेठ शुक्रबार स्थानीय टुँडिखेलबाट जिल्लाको एक शिखर मयुङ्गसम्म ५२ किलोमिटर दूरीमा रेस सञ्चालन गर्ने तयारी भइरहेको हो ।mira

प्रतियोगितामा विभिन्न जिल्लाका १७ महिला र ६४ पुरुष गरी ८१ जनाको सहभागिता रहने आयोजकले जनाएका छन् ।
रेसमा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ हुने महिला तथा पुरुष खेलाडीले क्रमश रु ५० हजार, रु २५ हजार, रु १५ हजार, रु दश हजार र रु पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएका छन् । त्यस्तै, सामूहिकरुपमा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः रु १० हजार, रु आठ हजार, रु पाँच हजार, ट्रफी र प्रमाणपत्र पाउने छन् ।

राष्ट्रिय खेलकुद परिषद्को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समिति, भोजपुरले गरेको हो । प्रतियोगिताको संयोजन भने रिमाचुङ एजुकेसन एण्ड स्पोर्ट एकेडेमी, तिम्मा सरोकार मञ्च काठमाडौँ र दाँवाली मिलन क्लबले गरेको छ । त्यस्तै, प्राविधिक सहयोग नेपाल माउण्टेन स्काइ रनिङ एशोसिएशनले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७