टोपबहादुरसहित १० जनाको रिटमा आज सुनुवाइ


०८:०४ बजे

काठमाडौं । नक्काली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीसहितको रिटमा आज (बुधबार) सुनुवाइ हुँदैछ । जिल्ला र उच्च अदालतको थुनामै राख्ने आदेशविरुद्ध रायमाझीसहित १० जनाले सर्वोच्च अदालतका दायर गरेको रिट न्यायाधीशद्वय सुष्मालता माथेमा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा पेशी तोकिएको हो ।

रिट दायर गर्नेहरुमा टोपबहादुर रायमाझीसहित निलम्बित सचिव टेकनारायण पाण्डे, आङटावा शेर्पा, शमशेर मियाँ, केशवप्रसाद दुलाल, सन्देश शर्मा, गोविन्द कुमार चौधरी, सागर राई, इन्द्रजित राई, सानु भण्डारी रहेका छन् ।

काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै उच्च अदालत पाटनमा पुनरावेदन गरेका उनीहरूलाई सो अदालतले पनि पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएपछि उनीहरु सर्वोच्च पुगेका हुन् । सोही प्रकरणमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई भने उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७