गुजरातलाई हराउँदै फाइनल पुग्यो नेपाल


२१ चैत्र २०८०, बुधबार
gu

काठमाडौँ । भारतमा जारी एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपालले लगातार तेस्रो जित हात पारेको छ । आज (बुधबार) भएको खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गरेको छ ।

नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १७३ रन बनायो । गुजरातका उमङ्ग टन्डेलले सबैभन्दा धेरै ४७ रन बनाए । बलिङतर्फ नेपालका कुशल मल्ल र सोमपाल कामीले समान २ विकेट लिए । यसअघि गुजरातको वापीमा रहेको साई मेघपन मैदान टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनायो । नेपालका आसिफ शेखले ८५, कुशल भुर्तेलले ६७ रन बनाए ।

कुशल र आसिफले पहिलो विकेटका लागि १२५ रनको साझेदारी गरे । बलिङतर्फ गुजरातका जयमीत पटेलले ३ विकेट लिए ।
यस जितसँगै नेपाल एक खेलअघि नै फाइनलमा पुगेको छ । प्रतियोगितामा पर्सि शुक्रवार नेपाल र बरोडाबीच खेल हुनेछ । हिजो भएको खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो । टी–२० क्रिकेट शृङ्खलाको फाइनल खेल आउँदो २५ गते आइतवार हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७