सशस्त्र प्रहरीले गर्‍यो साढे सात लाखको अवैध समान बरामद


२२ चैत्र २०८०, बिहीबार
saman baramad

रौतहट । रौतहट जिल्लाको परोहा नगरपालिका–९ खाँप इलाकाबाट सशस्त्र प्रहरीको टोलीले सात लाख ५५ हजार ५ सय ७० रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ ।

भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याई सीमा इलाका नजिकै लुकाइ छिपाइ राखेको अवस्थामा बिभिन्न किसिमका लत्ताकपडा, औषधी, सुर्तिजन्य पदार्थ र चप्पलहरु सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटले बरामद गरेको छ । बरामद सामान गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७