आफूलाई नाउपा अध्यक्ष दावी गर्दै रेशमले बोलाए आकस्मिक बैठक


२२ चैत्र २०८०, बिहीबार
Resham

कैलाली । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आकस्मिक बैठक डाकेका छन् । चौधरीले सबै प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यलाई १० बजे केन्द्रीय पार्टी कार्यालय अनामनगरमा बैठकका लागि बोलाएका हुन् ।

महाधिवेशनबाट रेशम चौधरी अध्यक्षमा चयन भएका थिए । तर निर्वाचन आयोगले त्यसलाई बैधानिकता दिएन । निर्वाचन आयोगले उनलाई अध्यक्षको बैधानिकता नदिए पनि आफूलाई अध्यक्षको दाबी गर्दै उनले डाकेका हुन् । आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिश्वासको मत लिने तयारी गरेका छन् ।

शाह नेतृत्वको सरकारलाई बिश्वासको मत दिने विषयमा नाउपामा दुईथरी मत देखिएको छ । रेशम चौधरी काङ्ग्रेस नेतृत्वकै सरकार जोगाउने पक्षमा छन् भने पत्नी रञ्जिता श्रेष्ठ चौधरी एमाले माओवादीसहितको नयाँ गठबन्धनको सरकार बनाउनु पर्ने पक्षमा छिन् । यही विषयले चर्किदा अहिले नाउपा विभाजनको संघारमा पुगेको छ ।

435073924 802863298562455 453619111422488430 n 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७