जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु


२२ चैत्र २०८०, बिहीबार
jasapa office

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । आज बिहान पार्टी केन्द्रीय कार्यालय ललितपुरको बालकुमारीमा सुरु भएको सो बैठकमा समानुपातिक सांसद चयनका विषयमा छलफल हुने बताइएको छ ।

सो पार्टीका केन्द्रीय प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त रहेको स्थानमा जसपाले नयाँ सांसदको नाम सिफारिस गर्ने जानकरी दिए । साथै बैठकमा आगामी वैशाखमा हुन गइरहेको उपनिर्वाचनका साथै पार्टीको राष्ट्रिय महाधिवेशनलगायतका विषयमा पनि छलफल हुने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७