रञ्जिताको निर्देशनपछि लुम्बिनीमा नागरिक उन्मुक्तिका मन्त्रीले दिए राजीनामा


२२ चैत्र २०८०, बिहीबार
Dharma

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले नेपाली कांग्रेस नेतृत्वको लुम्बिनी प्रदेश सरकारले छाडेको छ । पार्टीबाट भौतिक पूर्वाधार विकास मन्त्री रहेका धर्मबहादुर चौधरीले आज (बिहीबार) राजीनामा दिएका छन् ।

उनले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई राजीनामा बुझाएका हुन् । पार्टी अध्यक्ष रञ्जिताको निर्देशनपछि चौधरीले राजीनामा बुझाएको पार्टीका एक नेताले जानकारी दिए । नागरिक उन्मुक्ति पार्टीले लुम्बिनीमा एमाले–माओवादी गठबन्धनलाई सघाउने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७