मन्त्रीहरूले हरेक दिन गरेका काम प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’ गर्नुपर्ने


२२ चैत्र २०८०, बिहीबार
cabinet scaled

काठमाडौँ । सरकारका मन्त्रीहरूले हरेक दिन प्रधानमन्त्रीलाई आफूले गरेका कामबारे ‘ब्रिफिङ’ गर्नुपर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रत्येक मन्त्रीले प्रत्येक दिनको साँझ ब्रिफिङ गर्नुपर्ने निर्णय गरिएको बताए ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रधानमन्त्री दाहालले प्रत्येक मन्त्रीले हरेक दिन ब्रिफिङ गर्नुपर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको जानकारी गराएका हुन् । ‘मन्त्रिपरिषद्को आजको बैठकले सबै मन्त्रीहरूले प्रत्येक दिन गरेको कामको ब्रिफिङ प्रधनमन्त्रीलाई गर्नुपर्ने निर्णइ भएको छ । प्रत्येक दिन बेलुका दिनभरी गरेकामध्ये ठूलो र राम्रो कामको ब्रिफिङ गर्ने निर्णय गरिएको छ,’ प्रधानमन्त्रीले भने, ‘यो निर्णयले सबै मन्त्रीलाई पनि काम गर्न बल पुग्छ । मन्त्री र सचिवहरूलाई काम गर्न तताउँछ ।’

पछिल्लो समय कर्मचारीहरूले काम गर्न नमान्दा समस्या देखिएको हो कि भन्ने स्थिति आएको बताउँदै त्यसको अन्त्य गर्नका लागि काम भइरहेको प्रधानमन्त्रीले बताए । राजनीतिक नेतृत्व र कर्मचारीले एकअर्कालाई साथ र सहयोग नगरेमा कोही पनि सफल नहुने भन्ने कुरा मन्त्रिपरिषद्मा भएको बताउँदै प्रधानमन्त्रीले प्रत्येक मन्त्रीले हरेक दिनका कामको ब्रिफिङ गर्नुपर्ने निर्णय गरिएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७