दक्षिण अफ्रिकाका फुटबलरको गोली हानी हत्या


२३ चैत्र २०८०, शुक्रबार
Luke mjha

काठमाडौँ । दक्षिण अफ्रिकाका फुटबलर ल्युक फलेउर्सको गोली हानी हत्या गरिएको छ । ल्युकको कार लुट्ने क्रममा लुटेराले उनको गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

जोहानेसवर्गको एक पेट्रोल पम्पमा उनीमाथि गोली प्रहार भएको थियो । काइजर चिफ्स क्लबका २४ वर्षीय स्टार खेलाडी ल्युक गाडीमा बसिरहँदा हतियारसहित आएका समूहलाई उनलाई गाडीबाट झर्न भएको बताइएको छ । त्यसपछि उनीमाथि गोली प्रहार गरेर एक लुटेराले ल्युकको गाडी लिएर फरार भएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७