आयरल्याण्ड ‘ए’ ले नेपाल ’ए’ लाई दियो १७५ रनको लक्ष्य


२३ चैत्र २०८०, शुक्रबार
nepal

काठमाडौं । आयरल्याण्ड ‘ए’ ले एक दिवसीय श्रृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाल ‘ए’ लाई जितका लागि १७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्याण्डले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको हो ।

आयरल्याण्डका गेभिन होयले सर्वाधिक ५० रन बनाउन सफल भए । उनले ५९ बल खेल्ने क्रममा २ छक्का र ५ चौको सहयोगमा ५० रन बनाए । कप्तान निल रकले ३८ बलमा ३ छक्का र ३ चौकाको सहयोगमा ४५ रन बनाए भने लियाम मकार्थीले ३५ रन बनाए ।

साथै पिटर मुरले १७ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् । नेपाल ‘ए’ का लागि रिजन ढकाल र सहाब आलमले तीन-तीन विकेट लिए भने मौसम ढकालले २ र कमल ऐरीले १ विकेट लिए । प्रतियोगिताको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ २१ रनले विजयी भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७