दोस्रो संस्करणको लुम्बिनी हाफ म्याराथनको उपाधि श्रेष्ठलाई


०७:५० बजे

काठमाडौं । लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन महिला तर्फको हाफ म्याराथन उपाधि सन्तोषी श्रेष्ठले जितेकी छिन् । उनले निर्धारित २१.१ किमिको दूरी १ घण्टा १८ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै दोस्रो संस्करणको लुम्बिनी पिस म्याराथनको उपाधि चुमेकी हुन् ।

नेपाली सेनाकी पूर्णराज्य लक्ष्मी न्यौपानेले २१.१ किमि दूरी १ घण्टा १९ मिनेट २१ सेकेण्डमा पूरा गरी दोस्रो स्थान बनाउँदा एपिएफकी पुस्पा भण्डारीले १ घण्टा २५ मिनेट १४ सेकेण्डमा निर्धारित दूरी पार गरी तेस्रो भइन् । श्रेष्ठ, न्यौपाने र भण्डारीले क्रमश २ लाख , १ लाख ६० हजार र १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजक नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७