नेता–कार्यकर्तालाई देउवाको निर्देशन : एक्लै बहुमत ल्याउन अपरिहार्य छ, कम्मर कसेर लाग्नुस्


२४ चैत्र २०८०, शनिबार
deu

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई वर्तमान अवस्थामा बहुमत ल्याउने पार्टी बनाउनु अपरिहार्य भएको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर–२ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीलाई बलियो बनाउनु अहिलेको आवश्यकता भएको बताएका हुन् । यसका लागि नेता–कार्यकर्ता कम्मर कसेर लाग्नुपर्ने उनको भनाइ थियो ।

‘वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राखेर एक्लै जित्न सक्ने, बहुमत ल्याउने पार्टी बनाउनु हाम्रा लागि अपरिहार्य भएको छ । त्यसैले सबै पार्टीका साथीहरू एक भएर लाग्नुहोस् । आपसी समझदारी, समन्वय कायम गर्दै देशभर पार्टी जित्न आवश्यक छ । त्यसकारण बहुमत ल्याउनका लागि कम्मर कसेर अगाडि बढ्न अनुरोध गर्दछु’, उनले भने । आपसमा घात, अन्तरघात नगरेर एक भएर पार्टीलाई एक्लै लग्नुपर्ने अवस्था आएको पनि उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७