उपाधिका लागि आज नेपाल र गुजरात भिड्दै


२५ चैत्र २०८०, आईतवार
nepal gujratt 0XIfWkp3po

काठमाडौं । एसएमएस फ्रेन्डसिप कप टी–ट्वेन्टी क्रिकेटको उपाधिका लागि आज (आइतबार) नेपाल र गुजरात आमनेसामने हुने भएका छन् ।

गुजरातको साई मेघप्पन क्रिकेट मैदानमा खेल आज दिउँसो हुनेछ । नेपालसँग गुजरातको भेट यो तेस्रो पटक हो । नेपालले यसअघिका दुवै खेल जितेको छ । नेपाल भने बरोडासँग ३७ रनकले पराजित हुन पुग्यो । गुजरातले भने बरोडालाई दुवै खेलमा पराजित गरेको थियो ।

त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजमा नेपाल, गुजरात र बरोडा सहभागी छन् । यस सिरिजमा खेल डबल राउण्ड रोबिनमा भएको थियो । नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेल्न लागेको हो । नेपाल त्यहाँबाट ओमान जानेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७