नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीच आज श्रृंखलाको अन्तिम खेल


२५ चैत्र २०८०, आईतवार
nepal

काठमाडौँ । नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको एक दिवसीय श्रृंखला (सिरिज) को अन्तिम खेल आज (आइतबार) हुँदैछ । त्रिवि मैदानमा हुने यो खेल बिहान ९ः ३० बजेदेखि सुरु हुँदैछ ।

यस सिरिजमा नेपाल ‘ए’ ले सुरुका दुवै खेलमा हार व्यहोरेको र आयरल्याण्ड वोल्भ्सले सिरिज २–० ले जितिसकेको छ । नेपाल ‘ए’ ले सिरिजमा सान्त्वना जितका लागि खेल्ने छ । नेपाल ‘ए’ पहिलो खेलमा २१ रनले र दोस्रो खेल ११४ रनले हार व्यहोरेको थियो ।

एक दिवसीय सिरिज खेल्ने नेपाल ‘ए’ टिम :

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ सेख, बशीर अहमद, कमल सिंह ऐरी, शदाब आलम, रंजितकुमार, रुपेश सिंह, रिजन ढकाल, बिकास आग्री र मौसम ढकाल रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७