धारिलो हतियारले हानेर श्रीमतीको हत्या


२५ चैत्र २०८०, आईतवार
tanahu

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ सांगे शेरामा एक महिलाको हत्या भएको छ । ३५ वर्षका जीतबहादुर कुमालले धारिलो हतियार दाउले हिर्काउँदा ३२ बर्षकी सुकमाया कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिलराज बोहराले जानकारी दिए ।

जीतबहादुर र सुकमाया श्रीमान श्रीमती हुन् । शनिबार दिउँसो सवा ४ बजे भएको उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको एसपी बोहराले बताए । प्रहरीले जीतबहादुरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७