स्टेफेनको शतकमा आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २८५ रनको लक्ष्य


२५ चैत्र २०८०, आईतवार
stefen2024 04 07 01 04 23

काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड वोल्भ्सले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको हो । आयरल्याण्ड वोल्भ्सका लागि ओपनर स्टेफेन डोहेनीले १०७ रनको शतकीय पारी खेलेका थिए ।

त्यस्तै पिटर मूरले ४४ रन बनाए भने मोर्गन टोपिंगले २१, फिओनन हान्डले २०, बेन ह्वाइटले १९ र माथ्यु हम्परेजले २३ रन बनाएका थिए । त्यसैगरी नेपाल ‘ए’ का बलर रिजन ढकाल र रंजित कुमारले ३–३ विकेट लिए भने विकास आग्री र शाहाब आलमले एक–एक विकेट लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७