फाइनलमा नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य


२५ चैत्र २०८०, आईतवार
rohit paydel

काठमाडौं । नेपाली राष्ट्रिय टोलीले गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७६ रनको योगफल बनाएको हो ।

गुजरातको वापीस्थित साई मेघपान स्पोर्टस् लाइफ मैदानमा एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिजको उपाधि भिडन्तमा कप्तान पौडेलले सर्वाधिक ७४ रन बनाए । उनले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ७४ रन बनाएका भए ।

ओपनर आशिफ शेख ३४ रन, कुशल मल्ल ३१ रन, कुशल भुर्तेल १९ रन बनाए । अन्य खेलाडीले उल्लेख्य रन जोड्न सकेनन् । गुजरातका लागि जयमित पटेल, शेन पटेल, तेजस पटेल र जला युवराजसिंहले समान एक–एक विकेट लिए । गुजरातले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७