अर्जुनको शतकका बाबजुद नेपाल ‘ए’ आयरल्याण्डसँग पराजित


२५ चैत्र २०८०, आईतवार
arjun kumal

काठमाडौं । अर्जुन कुमालको शतकीय पारीका बाबजुद नेपाल ‘ए’ आयरल्याण्ड वोल्भ्ससँग ६९ रनले हारेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा २८५ रनको लक्ष्य पछ्याएको नेपाल ३९.४ ओभरमा अलआउट हुँदै २१५ रनमै सीमित भयो ।

लक्ष्य पछ्याउने क्रममा ११८ बलको सामना गरेका अर्जुन कुमालले १४ चौकाको मद्दतमा सर्वाधिक १०२ रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेखनीय रन जोड्न सकेनन् । नरेन भट्ट र रुपेश सिंहले १५ तथा देव खनालले ११ रन बनाउँदा सहाब अलाम ६, क्याप्टेन विनोद भण्डारी चार, विकास आग्री तीन रनमा आउट भए। रञ्जित कुमार एक रन बनाएर नटआउट रहे भने भीम सार्की र रिजन ढकाल शून्य रनमै पेभेलियन फर्किए ।

नेपाललाई रोक्ने क्रममा आयरल्याण्डका बेन ह्वाइट एक्लैले पाँच तथा गेभिन होइले चार विकेट दिलाए । म्याथ्यु फोस्टरले एक विकेट लिए । टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्याण्ड ‘ए’ ले यसअघि निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २८४ रनको योगफल बनाएको थियो । आयरल्याण्ड ‘ए’का स्टिफन डोहनीले शतकीय पारी खेले । उनले १२९ बलमा आठ चौका र दुई छक्काको सहयोगमा १०७ रनको योगदान दिए ।

त्यस्तै, पिटर मुरले २४ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ४४ रन बनाए भने म्याथ्यु हम्फ्रेजले २३, मोर्गन टोप्पिङले २१ र फिन ह्यान्डले २० रन जोडे । बलिङतर्फ नेपाल ‘ए’ का रिजन ढकाल र रञ्जित कुमारले समान तीन–तीन विकेट लिए भने विकास आग्री र साहब आलमले समान एक–एक विकेट लिए । यसअघि भएको दुई खेलमा पनि नेपाल ‘ए’ पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७