भारतमा गुजरातलाई हराउँदै नेपालले जित्यो उपाधि


२५ चैत्र २०८०, आईतवार
nepal gujrat 1 1712487199

काठमाडौं । नेपालले भारतमा भएको एसएमएस फ्रेन्डसिप कपको उपाधि जितेको छ । भारतको गुजरातमा आइतबार भएको फाइनल खेलमा गुजरातलाई १८ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याउने क्रममा गुजरात १५८ रनमै समेटियो ।

नेपालका लागि अविनाश बोहराले तीन, दीपेन्द्रसिंह ऐरीले दुई, करण केसी र कुशल मल्लले एक–एक विकेट लिए । यसअघि ब्याटिङ गरेको नेपालले चार विकेटको क्षतिमा १७६ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेलले ७४ र आशिफ शेखले ३४ रन बनाएका थिए । त्यस्तै, गुजरातका लागि सेन पटेल र तेजस पटेलले एक–एक विकेट लिएका थिए । प्रतियोगितामा बरोदाले पनि प्रतिस्पर्धा गरेको थियो । नेपाल र गुजरात फाइनलमा पुगेका थिए भने बरोदा लिग चरणबाटै बाहिरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७