नेपाली क्रिकेट टिमको बलिङ प्रशिक्षकमा वेस्ट इण्डिजका रोडी नियुक्त


२६ चैत्र २०८०, सोमबार
cr 1

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा रोड्रिक ओर्भिली इस्टविक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार सामाजिक सञ्जालमार्फत उनलाई बलिङ कन्सल्टेन्टको रुपमा नियुक्त गरेको जानकारी दिएको हो ।

बार्बाडोसका तीव्र गतिका बलर ६३ वर्षीय रोड्रिकले आगामी टी–२० विश्वकपसम्म नेपाली टोलीलाई हेर्नेछन् । यसअघि एस्टविकले वेस्ट इन्डिजको सिनियर टोलीमा बलिङ प्रशिक्षकको काम गरिसकेको अनुभव भएकाले नेपाललाई निकै फलदायी हुने अपेक्षा गरिएको छ ।

सन् २०१६ देखि २०२२ मा उनले वेस्ट इण्डिजमा काम गरिसकेका छन् । नेपाली प्रशिक्षक मोन्टी देसाईले वेस्ट इण्डिजको ब्याटिङ प्रशिक्षकका रुपमा काम गर्दा उनी पनि सँगै थिए । उनले इन्डियन प्रिमियर लिग आईपीएलमा पनि बलिङ कोचको काम गरेका छन् ।

एस्टविक यही साता ओमानमा हुने एसीसी मेन्स प्रिमियर कपबाट टोलीमा आवद्ध हुनेछन् । नेपाली टोली पनि भारतबाट सिधै ओमान जानेछ । नेपालको ब्याटिङको तुलनामा बलिङमा कमजोरी देखिँदै आएको छ । सोही कारण क्यानले उनलाई भित्र्याएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७