विश्वका धनि व्यक्तिको सूचीमा चाैंथो स्थानमा झरे मस्क


२६ चैत्र २०८०, सोमबार
elon musk2023 11 24 10 11 07

काठमाडौँ । विश्वका धनि व्यक्तिहरुको सूचीमा लामो समयदेखि शीर्ष स्थानमा रहेका एलन मस्क चौथो स्थानमा झरेका छन् । उनको कम्पनी टेस्लाको शेयर बजारमा लगातार मूल्य घटेपछि मस्क चौथो स्थानमा झरेका हुन् ।

ब्लूम्बर्गको बिलिनियार्स इन्डेक्सका अनुसार अहिले विश्वको धनि व्यक्तिको सूचीमा बेर्नार्ड आर्नाल्ट रहेका छन् । उनको कुल सम्पत्ति २२३ बिलियन डलर रहेको छ । त्यस्तै दोस्रो स्थानमा जेफ बेजोस रहेका छन् । उनको कुल सम्पत्ति २०७ बिलियन डलर रहेको छ ।

त्यसैगरी यस सूचीमा फेसबुकका सहसंस्थापक मार्क जुकरबर्ग तेस्रो स्थानमा रहेका छन् । उनको कुल सम्पत्ति १८७ बिलियन डलर रहेको छ । उनले २०२० पछि मस्कलाई जितेका छन् । यस सूचीमा चौथो स्थानमा झरेका मस्कको सम्पत्ति १८१ बिलियन डलर रहेको छ । मस्कको एक बर्षमा ४८.४ बिलियन डलर सम्पत्ति घटेको छ ।

त्यस्तै यस सूचीमा पाँचौं स्थानमा १५३ बिलियन डलर सम्पत्तिसहित बिल गेट्स रहेका छन् । त्यस्तै भारतका मुकेश अम्बानी ११२ बिलियन डलर सम्पत्तिसहित यस सूचीमा ११औं स्थानमा रहेका छन् भने भारतकै गौतम अडानी १०४ बिलियन डलर सम्पत्तिसहित १४औं स्थानमा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७