डोल्पामा डढेलो निभाउने क्रममा चार नेपाली सेना घाइते, तीनको अवस्था गम्भीर


२६ चैत्र २०८०, सोमबार
ghaite

डोल्पा । डोल्पामा डढेलो निभाउने क्रममा नेपाली सेनाका चार घाइते भएका छन् । जिल्लाको ठूलीभेरी नगरपालिका–३ मा रहेको मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा चार जना घाइते भएका डोल्पा प्रहरीले जनाएको छ ।

आइतबार दिउँसोदेखि वनमा लागेको डढेलो अत्याधिक हावाहुरीका कारण नियन्त्रण बाहिर गएको थियो । हावाहुरीका कारण सोमबार दिउँसो फेरि सुरु भएको डढेलो नियन्त्रण गर्न गएका देवीदत्त गुल्मका चार जना सेना आगो निभाउने क्रममा घाइते भएका हुन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

डढेलोमा परी घाइते हुनेमा ३० वर्षीय विजय कोइराला, ३८ वर्षीय केशरबहादुर दर्जा मगर, २३ वर्षीय अशिष बुढा र २८ वर्षीय हेमन्त रावत रहेका छन् । घाइते भएकाहरुलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७