मारिए हमासको ‘आपतकालीन समिति’ का प्रमुख घामरी


२०८० चैत २८ बुधबार ०७:१३ बजे

तेलअहिव । हमासको ‘आपतकालीन समिति’ का प्रमुख हतेम अल घामरी मारिएका छन् । मध्य गाजामा रहेको शरणार्थी शिविरमा गए राति इजरायलले गरेको हवाई आक्रमणमा हमासको ‘आपतकालीन समिति’ का प्रमुख घामरी मारिएका हुन् ।

सो समिति नगरपालिकाहरूमा सार्वजनिक व्यवस्था र नागरिक नियन्त्रण कायम राख्ने जिम्मा लिएको हमासको निकाय हो । इजरायली रक्षा सेवाका अनुसार घामरी हमासको सैन्य शाखामा पनि एक प्रमुख अपरेटिभको रूपमा रहेका थिए, जो माघाजी शरणार्थी शिविर क्षेत्रबाट रकेट आक्रमणका लागि जिम्मेवार थिए । साथै सो आक्रमणमा परी अन्य पाँच जनाको मृत्यु भएको प्यालेस्टिनी मिडियाले जनाएको छ । उता युद्धविराम सम्झौताका लागि हमासको माग पूरा गर्न इजरायलले अस्वीकार गरेको छ । इजरायलले हमासको कुनै पनि माग पूरा नगर्ने जनाएको छ ।

तर, युद्धविरामको प्रस्ताव अघि बढाएको उग्रवादी समूह हमासले जनाएको छ । इजिप्ट र कतारी मध्यस्थकर्ताहरूले काइरोमा इजरायलसँग युद्धविराम गर्नका लागि बोलाइएको वार्तामा हमासलाई प्रस्ताव पठाइएको थियो, जसमा दुवै पक्षबाट कैदी आदानप्रदानको बदलामा लडाईं रोकिने छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७