मोबाइल हरायो ? अब ‘नो टेन्सन’, गुगलको ‘फाइण्ड माई डिभाइस नेटवर्क’ ले भेटाई दिनेछ


२८ चैत्र २०८०, बुधबार
g

काठमाडौं । लामो प्रतिक्षापछि गुगलले अन्ततः ‘फाइण्ड माई डिभाइस नेटवर्क’ सुरु गरेको छ । गत वर्ष गुगलले ‘फाइण्ड माई डिभाइस नेटवर्क’ घोषणा गरेको थियो र त्यसबेलादेखि यसको निरन्तर परीक्षण गरिरहेको थियो । गत हप्ताको एक रिपोर्टमा ‘फाइण्ड माई डिभाइस’ नेटवर्क चाँडै रिलिज हुने बताइएको थियो ।

फाइण्ड माई डिभाइस नेटवर्कले एप्पलको फाइण्ड माई एप जस्तै काम गर्नेछ, जसको मद्दतले मोबाइल बाहेक अन्य स्मार्ट ग्याजेटहरू पनि ट्रयाक गर्न सकिन्छ । गुगलले आफ्नो एक ब्लगमार्फत ‘फाइण्ड माई डिभाइस नेटवर्क’ को सुरुवातको बारेमा जानकारी दिएको छ । गुगल फाइण्ड माई डिभाइस नेटवर्क अमेरिका र क्यानडाबाट सुरु भएको छ र यसको अपडेट अन्य देशहरूमा पनि जारी भइरहेको छ । गुगलले ब्लगमा फाइण्ड माई डिभाइस नेटवर्कको मद्दतले आफ्नो एन्ड्रोइड उपकरण सजिलै र सुरक्षित रूपमा पत्ता लगाउन सकिने बताएको छ ।

सामान्यतया सबैभन्दा ठूलो समस्या उपकरणको अफलाइन मोडमा हुन्छ । गुगलले फाइण्ड माई डिभाइस नेटवर्कमार्फत यो समस्या समाधान गरेको बताएको छ । गुगलले फाइण्ड माई डिभाइस नेटवर्कमा जडान भएको डिभाइस ट्रयाक गर्नका लागि उक्त डिभाइस इन्टरनेटमा जडान हुनु आवश्यक नरहेको बताएको छ । पिक्सेल ८ प्रो प्रयोगकर्ताहरूले फोन बन्द गरेपछि पनि आफ्नो फोन ट्रयाक गर्न सक्षम हुने गुगलले बताएको छ । पिक्सेल बाहेक, अन्य कम्पनीका फोन र ग्याजेटहरूमा उपलब्ध यो सेवा छिट्टै उपलब्ध हुने गुगलले बताएको छ । –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७